२७ साउन २०८३, बुधबार

बेपत्ता तीन बालबालिकामध्ये दुई जना मृत फेला

Logo
Pulse Khabar बुधबार, साउन २७, २०८३

रौतहट:रौतहटको देवाही गोनाही नगरपालिका-१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मङ्गलवार दिउँसो बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ।

स्थानीय १० वर्षीय बालक मोहमद रहमतुल्लाह र सोही उमेरकी बालिका सवनम खातुनको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए।घटनास्थलभन्दा करिब पाँच किलोमिटर दक्षिण परोहा नगरपालिका-२ जिङ्गडवास्थित लालबकैया खोला किनारमा करिब २०० मिटरको दूरीमा दुवैको शव फेला परेको हो।

कानूनी प्रक्रिया पूरा गरी ‘पोस्टमार्टम’का लागि प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोली घटनास्थलमा खटिएको छ। बेपत्ता रहेका अर्का एक बालकको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206