२७ साउन २०८३, बुधबार

नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै

Logo
Pulse Khabar बुधबार, साउन २७, २०८३

ओखलढुङ्गा: यहाँको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको छ ।

कोशी प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालयले सदरमुकामस्थित रमाइलोडाँडादेखि सानीटारसम्मको ६.५ किलोमिटर सडक स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गरेको छ । कार्यालयले एक महिनाभित्र बोलपत्र टुङ्ग्याएर दुई वर्षभित्र कालोपत्रको काम सक्नेगरी तयारी गरिरहेको जनाएको छ । “हामीले पूरै नयाँ काम गर्नेगरी बोलपत्र आह्वान गरेका छौँ”, पूर्वाधार विकास कार्यालयका प्रमुख सुरेशप्रसाद साहले भन्नुभयो, “अहिले रु ३० करोड बजेटमा ४० एमएम थीक रहने अस्फाल्ड कङ्क्रिट कालोपत्र गर्ने हाम्रो तयारी हो ।” कार्यालयका अनुसार पहिलो चरणमा डिजाइन गरिएको रमाइलोडाँडा सानीटार भागमा रहेको पुरानो जीर्ण कालोपत्र उप्काएर अस्फाल्ड प्रविधिबाट कालोपत्र गरिनुको साथै ड्रेन, मेसिनरी वाल, ग्याबिन वाल, लङ वाल, कल्भर्टलगायतका संरचना पनि निर्माण गरिनेछ । सानीटारदेखि रुम्जाटारसम्मको बाँकी ४.१ किलोमिटर क्षेत्रका लागि भने अहिले तत्काल काम हुनेछैन ।यसअघि २०७४ सालमा एसियाली विकास बैंक र स्वीस सरकारको रु २० करोड ६८ लाख अनुदान सहयोगमा आपत्कालीन भूकम्पीय सहयोग परियोजनाअन्तर्गत ओखलढुङ्गा रुम्जाटार सडकमा डिबीएसटी कालोपत्र गरिएको थियो ।

करिव ११.१ किलोमिटर सडकमा गरिएको कालोपत्र नौ महिनामै उप्किन थालेको थियो । तत्कालीन समयको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई ओखलढुङ्गामार्फत ठेक्का लागेर सडकमा बिछ्याइएको कालोपत्र कमसल र गुणस्तरहीन भएको जनाउँदै जनगुनासोसमेत आएको थियो । पछिल्लो समयमा समेत ठूलाठूला खाल्डा, हिलो र पानी जम्ने आहालले बेहाल सडकका कारण स्थानीय नागरिकले सास्ती खेप्दै आएका थिए । कालोपत्र आयोजना सञ्चालन गर्ने कार्यालय जिल्लाबाट खारेज भएपछि सडकको मर्मतसमेत हुनसकेको थिएन । रुम्जाटारमा ओखलढुङ्गाको जिल्ला अस्पताल तथा रुम्जाटार विमानस्थलसमेत छ । सो क्षेत्र जिल्लाको पर्यटकीय क्षेत्र हो । लामो समयसम्म जीर्ण बनेको ओखलढुङ्गा रुम्जाटार सडकमा नयाँ बजेट व्यवस्थापनसहित प्रदेश सरकारले फेरि कालोपत्रको प्रक्रिया अघि बढाएपछि जिल्लाका बासिन्दामा सहज यात्राको आशा पलाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206