२७ साउन २०८३, बुधबार

टेम्केमैयुङमा कृषि उपज केन्द्र निर्माण गरिने

Logo
Pulse Khabar बुधबार, साउन २७, २०८३

भोजपुर: यहाँको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गरिने भएकाछ । यसका लागि गाउँपालिका र नेपालस्थित भारतीय दूतावासबीच समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको छ । गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत र भारतीय दूतावासका विकास साझेदारी काउन्सिलर अविनासकुमार सिंहले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

उक्त केन्द्रको कुल लागत रु नौ करोड ८८ लाख ६७ हजार ७८५ छ । परियोजनाका लागि कुल लागतको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने र बाँकी पाँच प्रतिशत रकम तथा मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने सम्झौतामा उल्लेख छ । समझदारीपत्रअनुसार केन्द्र निर्माणको अवधि १५ महिना तोकिएको गाउँपालिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार निर्माण हुने केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन, कृषि उपज सङ्कलनस्थल, ग्रेडिङ तथा वर्गीकरण, प्रशोधनलगायतका सुविधा रहनेछन् ।

गाउँपालिका अध्यक्ष बस्नेतले लामो समयदेखिको पहल, निरन्तर समन्वय र प्रयासपछि कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माणको योजना कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो । उहाँले केन्द्रलाई गाउँपालिकाको गौरवको योजनाका रूपमा अघि बढाइएको उल्लेख गर्दै यसबाट स्थानीय किसानले उत्पादनको उचित बजार पाउने विश्वास व्यक्त गर्नुभयो ।

“कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माणका लागि भारतीय दूतावाससँग समझदारीपत्रमा हस्ताक्षर गरेका छौँ”, उहाँले भन्नुभयो, “यो हाम्रो गाउँपालिकाको गौरवको योजना पनि हो ।” कृषि उपजको उत्पादन बढ्दै जाँदा व्यवस्थित सङ्कलन, भण्डारण र बजार व्यवस्थापनको पर्याप्त सुविधा नहुँदा किसानले समस्या भोग्दै आएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206