काठमाडौं:जाजरकोटमा मंगलबार (आज) बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९(नौ) बजेर ८ मिनेट जाँदा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।केन्द्रका अनुसार जाजरकोटको कल्सेनी आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का जाजरकोट र आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।
