२६ साउन २०८३, मंगलबार

कोलम्बिया भूकम्प: नेपाल सरकारद्वारा दुःख व्यक्त, पीडित परिवारप्रति समवेदना

Logo
Pulse Khabar मंगलबार, साउन २६, २०८३

काठमाडौं:कोलम्बियाको पश्चिम भागमा गएको शक्तिशाली भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले आज एक प्रेसनोट जारी गर्दै भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। नेपाल सरकार र नेपाली जनताको तर्फबाट कोलम्बिया सरकार तथा त्यहाँका जनताप्रति सहानुभूति व्यक्त गरिएको छ।

यस कठिन परिस्थितिमा नेपाल सरकार र नेपाली जनता कोलम्बियाली सरकार र जनताको साथमा दृढताका साथ उभिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै, भूकम्पका कारण बेपत्ता भएकाहरूको शीघ्र तथा सफल उद्धारको कामनासमेत गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206