२५ साउन २०८३, सोमबार

एसीसी प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा

Logo
Pulse Khabar सोमबार, साउन २५, २०८३

काठमाडौं: नेपाल क्रिकेट संघ ९क्यान० ले आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।

क्यानले स्पिनर सन्दीप लामिछानेलाई टोलीको कप्तान चयन गर्दै नयाँ टोली सार्वजनिक गरेको हो।घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसँगै कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी रहेका छन्। यस्तै टोलीको वैकल्पिक खेलाडीका रूपमा अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो रहेका छन्।

मुख्य प्रशिक्षक मोन्टी देसाईले पछिल्लो समय टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीहरूलाई निरन्तरता दिँदै यो टोली तयार पारेका हुन्। एसिया कपको छनोटका रूपमा रहेको एसीसी प्रिमियर कपमा आयोजक नेपालसहित विभिन्न १० टोलीबीचच प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206