२५ साउन २०८३, सोमबार

विराटनगर बास्केटबल कपको तयारी पूरा: रोमाञ्चक खेलका लागि खेलप्रेमीमा उत्साह

Logo
Pulse Khabar सोमबार, साउन २५, २०८३

विराटनगर :विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा सञ्चालन हुने ‘सातौँ विराटनगर बास्केटबल कप’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजकले प्रतियोगिताको टोली तथा समूह विभाजन सार्वजनिक गरेको छ ।साउन २७ देखि भदौ ३० गतेसम्म हुने लिग प्रतियोगिताले स्थानीय स्तरमा बास्केटबल खेलको प्रवर्द्धन गर्नुका साथै विद्यार्थी खेलाडीहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय बास्केटबल महासंघको नियम अनुसार ‘होम एन्ड अबे’ ढाँचामा खेलाइने यस प्रतियोगितामा ५८ भन्दा बढी खेल हुनेछन् । प्रतियोगितामा कुल २२५ जना विद्यार्थी खेलाडीहरूले आफ्नो कौशल प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा छात्र तथा छात्रा दुवै विधामा खेल हुनेछ । छात्रातर्फ ‘ए’ समूहमा शिक्षादीप, एभरेस्ट, एरागन र अरनिको छन् भने समूह ‘बी’ मा सेन्ट जोसेफ, बीकेभीएम र सगरमाथा स्कुलबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, छात्रतर्फ ‘ए’ समूहमा बीकेभीएम, कोबास, सगरमाथा र दिल्ली पब्लिक स्कुल छन् भने समूह ‘बी’ मा शिक्षादीप, अरनिको, एभरेस्ट र सेन्ट जोसेफबीच खेल हुनेछ ।साउन २७ गते हुने प्रतियोगिताको उद्‌घाटन खेल छात्रातर्फ समूह ‘बी’ को सेन्ट जोसेफ र साबिक विजेता बीकेभीएमबीच हुनेछ । यस प्रतियोगिताको छैटौँ संस्करणमा छात्र र छात्रा दुवैतर्फको उपाधि बीकेभीएमले हात पारेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206