२५ साउन २०८३, सोमबार

लायन्स दिवसमा विराटनगरमा वृक्षारोपण र निःशुल्क आँखा परीक्षण

Logo
Pulse Khabar सोमबार, साउन २५, २०८३

विराटनगर:नेपाल लायन्स दिवस तथा लायन्स सेवा सप्ताहको अवसरमा लायन्स क्लब अफ विराटनगरले वृक्षारोपण तथा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

विराटनगर–१७ रानीस्थित श्री रघुपति आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय परिसरमा वृक्षारोपण गर्नुका साथै विद्यार्थी तथा स्थानीयको निःशुल्क आँखा परीक्षण गरिएको थियो। रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा परीक्षणमा स्वास्थ्यकर्मीले सहभागीको आँखा जाँच गरी आवश्यक परामर्श दिएका थिए।कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर लायन विजयहरि शर्मा प्रमुख अतिथि तथा लायन फुलकुमार लालवानी, प्रकाशभक्त जोशी, घनश्याम काबरा लगायत लायन्स तथा लियो सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रमले स्वास्थ्य सेवा, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वप्रति लायन्सको प्रतिबद्धता थप बलियो बनाएको आयोजकले जनाएको छ। ‘We Serve’ को भावनासहित क्लबले आगामी दिनमा पनि सेवामूलक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206