विराटनगर: नेपाल लायन्स डे २०२६ तथा लायन्स सेवा सप्ताह २०२६ को अवसरमा लायन्स क्लब अफ विराटनगर (नेपालको पहिलो लायन्स क्लब) को आयोजनामा आज विशेष लायन्स डे सेलिब्रेसन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री प्रदीप सुनुवार प्रमुख अतिथिका रूपमा तथा कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयकी माननीय राज्यमन्त्री शोभा चेम्जोङ विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।कार्यक्रममा लायन्सका विभिन्न नेतृत्व तहका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पूर्व डिस्ट्रिक्ट गभर्नर लायन फुलकुमार लालवानी, पूर्व डिस्ट्रिक्ट गभर्नर लायन भीम घिमिरे, पूर्व डिस्ट्रिक्ट गभर्नर लायन विजयहरि शर्मा, लायन्स सेवा सप्ताहका प्रमुख संयोजक लायन प्रकाशभक्त जोशी, प्रमुख सल्लाहकार लायन घनश्याम काबरा, रिजन चेयरपर्सन लायन सुभाष अग्रवाल लगायत वरिष्ठ लायन पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।त्यसैगरी लियो क्लब अफ विराटनगरका अध्यक्ष लियो सञ्जु गोइत लगायत लियो सदस्यहरू, पूर्व अध्यक्षहरू, वरिष्ठ लायन्स तथा विभिन्न लायन्स क्लबका प्रतिनिधि र सदस्यहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले लायन्स क्लबले स्वास्थ्य, शिक्षा, युवा नेतृत्व, सामाजिक सेवा तथा मानवीय सेवाका क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि समुदायको आवश्यकता पहिचान गरी अझ प्रभावकारी रूपमा सेवा कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
लायन्स क्लब अफ विराटनगर (नेपालको पहिलो लायन्स क्लब) ले नेपाल लायन्स डे तथा लायन्स सेवा सप्ताहको अवसरमा विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सेवा, नेतृत्व र मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले क्लबले आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।कार्यक्रमले लायन्स परिवारबीचको एकता, सहकार्य र आपसी भाइचारा अझ मजबुत बनाउँदै “We Serve” को भावनालाई थप सशक्त बनाएको आयोजकले जनाएको छ।


