२४ साउन २०८३, आइतबार

लायन्स क्लब अफ विराटनगरद्वारा ५ परिवारलाई खाद्य प्याकेज वितरण

Logo
Pulse Khabar आइतबार, साउन २४, २०८३

विराटनगर: लायन्स क्लब अफ विराटनगरले साप्ताहिक ‘लायन्स परिवार खाद्य प्याकेज वितरण’ कार्यक्रमअन्तर्गत शनिबार आवश्यकतामा रहेका ५ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ।

लियो क्लब अफ विराटनगरको सहकार्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लायन फूल कुमार लालवानीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका संयोजक लायन कमल पराजुली र सहसंयोजक लियो सानु सिंह रहेका थिए। खाद्य प्याकेजका लागि डा। आर। के। साबु ले गर्नुभएको प्रायोजनप्रति क्लबले आभार व्यक्त गरेको छ। कार्यक्रममा लायन्स तथा लियो क्लबका पदाधिकारी, पूर्व अध्यक्ष र सदस्यहरूको सहभागिता रहेको थियो।

क्लबले ‘We Serve. We Care. We Make a Difference.’ को भावनासहित आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा, खाद्य सहयोगलगायतका सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206