२४ साउन २०८३, आइतबार

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम

Logo
Pulse Khabar आइतबार, साउन २४, २०८३

तेह्रथुम: अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा तथा सामाजिक पुनःस्थापनामा पहुँच बढाउने उद्देश्यले यहाँ क्रियाशील करुणा फाउन्डेसनले जिल्लामा एक हजार ७९३ जना अपाङ्गता भएका व्यक्तिको अभिलेख तयार गरेको छ ।

फाउन्डेसनले एक हजार ७६३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गर्नाका साथै महिला स्वास्थ्य स्वयंसेविका अभिमुखीकरण तथा परिचालन, अपाङ्गता भएका व्यक्तिका लागि सहायक वितरण, मानसिक स्वास्थ्य परामर्श तथा स्वास्थ्य शिविर, अल्पकालीन सीपमूलक तालिम सञ्चालन गर्दै आएको जनाएको छ ।

जिल्लाका छ स्थानीय तहमा ती कार्यक्रम सञ्चालन भएका र हालसम्म रु एक करोड ७४ लाख ११ हजार खर्च भएको कार्यक्रम संयोजक केदार भण्डारीले राससलाई बताउनुभयो ।प्रदेश र स्थानीय सरकार तथा फाउन्डेसनको समन्वयमा आर्थिक वर्ष २०८१÷८२ देखि छ वटै स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206