२४ साउन २०८३, आइतबार

विराटनगरमा साहित्यिक सौन्दर्य र हरियालीको अनौוठो संगम: ‘काव्य उद्यान नेपाल’ सुरु

Logo
Pulse Khabar आइतबार, साउन २४, २०८३

विराटनगर: साहित्य, भाषा र संस्कृतिको संरक्षणसँगै वातावरण जोगाउने फरक सोचका साथ विराटनगरमा ‘काव्य उद्यान नेपाल’ को औपचारिक उद्घाटन गरिएको छ

विराटनगरमा आयोजित एक समारोहका बीच संस्थाको शुभारम्भ गरिएको हो ।विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले गमलामा रोपिएको समीको बिरुवामा पानी हालेर र ब्यानर अनावरण गरेर संस्थाको उद्घाटन गरे । उद्घाटनकै क्रममा साहित्यिक गतिविधिलाई हरियालीसँग जोड्दै ‘हरित विराटनगर अभियान’ का अध्यक्ष पारुल क्षेत्रीलाई समीको बिरुवा हस्तान्तरण गरिएको थियो ।काव्य उद्यान नेपालका अध्यक्ष भूपाल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको भावी योजनाबारे प्रकाश पारिएको थियो । संस्थाले ओझेलमा परेका प्रतिभालाई मूलधारमा ल्याउने, मासिक साहित्यिक गोष्ठी गर्ने, रचनाहरूको दस्तावेजीकरण गरी पुस्तक प्रकाशन गर्ने र नयाँ पुस्तालाई साहित्यमा आकर्षित गर्न विद्यालयहरूमा ‘विद्यार्थीसँग साहित्य’ अभियान चलाउने लक्ष्य लिएको छ ।कार्यक्रममा विशिष्ट अतिथिका रूपमा विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, अन्तर्राष्ट्रिय कवि सुमन पोखरेल, प्रा. खेम नेपाली र भरत गुरागाईं लगायतको सहभागिता रहेको थियो । वक्ताहरूले काव्य उद्यानले विराटनगरको साहित्यिक साखलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

समारोहमा संस्थाका १६ जना आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । जसमा सिर्जना प्रसाईं ढुंगाना, शान्ता कर्ण, विक्रम विबंश याक्खा म्यामराज राई, प्रेमप्रसाद रिजाल, अमित साङपाङ राई, दिनेश क्षेत्री, पुरुषोत्तम धमला, डा। प्राची भगत, जयन्त प्रधानाङ्ग, सुनिल पाण्डे, आर्या रिजाल, प्रकाश पोखरेल, कृष्णप्रसाद दवु, कान्ता रिजाल र पूर्णिमा भुर्तेल रहेका छन्।काव्य उद्यान नेपालको कार्यसमितिमा भूपाल अधिकारी (अध्यक्ष), ऋषि तिवारी (उपाध्यक्ष), केशव रिजाल (सचिव), अंशु गुप्ता (कोषाध्यक्ष) र सुशीला प्रसाईं दंगाल (सहसचिव) रहेका छन् । सदस्यहरूमा शरद प्रधानाङ्ग, पुण्यप्रसाद चौलागाईं सहित ११ जनाको टोली रहेको छ भने भवानीप्रसाद पोखरेलसहित ५ जना सल्लाहकार चयन भएका छन् ।बहुभाषिक साहित्यिक कार्यक्रम र अनुसन्धानका कार्यलाई समेत अघि बढाउने संकल्प गरेको यस संस्थाले विराटनगरको प्राज्ञिक वातावरणलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206