२२ साउन २०८३, शुक्रबार

प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत

Logo
Pulse Khabar शुक्रबार, साउन २२, २०८३

काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक प्रस्तुत भएका छन् ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो ।परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो भने महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो । ती विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्दा कुनै पनि सदस्यको विरोधको सूचना प्राप्त नभएकाले प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गर्नुभयो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206