२१ साउन २०८३, बिहिबार

लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने

Logo
Pulse Khabar बिहिबार, साउन २१, २०८३

काठमाडौँ: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुव्र्यवहार, असुरक्षा, भीडभाड तथा आवागमनसम्बन्धी व्यावहारिक कठिनाइलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याइने बताउनुभयो ।मन्त्री बादीले ‘ब्लु बस’ सेवाले लैङ्गिक असमानतालाई प्रोत्साहन नगर्ने स्पष्ट पार्दै असमान अवस्था र विशेष जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार विशेष संरक्षण, सुविधा र अवसर उपलब्ध गराउनु पनि वास्तविक समानताको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो । “समानताको अर्थ सबै नागरिकलाई सधैँ एउटै व्यवहार गर्नु मात्र होइन,” उहाँले भन्नुभयो ।‘ब्लु बस’ सेवाको उद्देश्य महिलालाई सार्वजनिक जीवनबाट अलग गर्नु नभई उनीहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु हो । यो सेवाले महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्न रोक नलगाउने र नियमित सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन पनि नगर्ने उहाँले बताउनुभयो ।

मन्त्री बादीले महिलाको तत्काल सुरक्षा सुनिश्चित गर्ने लक्षित सेवासँगै सबैका लागि सुरक्षित र सम्मानजनक सार्वजनिक यातायात प्रणाली निर्माण गर्ने दीर्घकालीन सुधारलाई पनि सँगसँगै अघि बढाइने बताउनुभयो । उहाँले सार्वजनिक यातायातलाई सुरक्षित र प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।सरकारले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसाविरुद्धका कानुनको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सवारीसाधनमा सिसिटिभी जडान, राइड–सेयरिङ एपमा एसओएस बटनको व्यवस्था तथा प्रविधिमा आधारित सुरक्षा र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206