आदर्श निर्माण मन्दिर विराटनगरले स्वर्ण जयन्त महोत्सव मनाउने तयारी सुरु गरेको छ ।
मन्दिरका पदाधिकारीहरू बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर मनाउन तयारी सुरु गरेको स्वर्ण जयन्ती महोत्सव समारोहको बारेमा जानकारी गराए ।मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवरतन शर्मा जोशीले साउन २३ गते शनिवार विराटनगर–८, हाटखोला स्थित आरोहण गुरुकुलमा मनाउन लागिएको महोत्सवको प्रमुख अतिथि हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहेको जानकारी गराए ।
समारोहमा स्थानीय कलाकारहरूले लागुपदार्थ दुर्व्यसनबारे नाटक मञ्चन गर्ने कार्यक्रम रहेको अध्यक्ष जोशीले बताए । मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रविण अग्रवालले स्वर्ण जयन्ती महोत्सव समारोह कार्यक्रम सम्पन्न गर्न २ देखि २ लाख ५० हजार रुपैयाँ खर्च हुने जानकारी गराए ।मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सुरेश अग्रवाल, उपाध्यक्ष एवं स्वर्ण जयन्ती महोत्सव कार्यक्रम संयोजक राजेश अग्रवाल र महासचिव प्रेम पारख पत्रकार सम्मेलनमा सहभागी थिए ।
