२१ साउन २०८३, बिहिबार

सीमा क्षेत्रमा कडा निगरानी : लाखौँ मूल्यका अवैध सामान बरामद

Logo
Pulse Khabar बिहिबार, साउन २१, २०८३

भद्रपुर (झापा): यहाँको मेचीनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर क्षेत्रबाट प्रहरीले रु दुई लाख ६६ हजार २५ बराबरका अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बुधबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरी ल्याइँदै गरेका विभिन्न सामान नियन्त्रणमा लिएको हो ।प्रहरीले विभिन्न प्रकारका मोबाइलका सहायक सामग्री र बालबालिकाका कपडा बरामद गरेको हो । प्रहरीका अनुसार मोबाइलका सहायक सामग्रीको मूल्य रु दुई लाख ५५ हजार ४२५ बराबर छ । यस्तै, बालबालिकाका कपडाको मूल्य रु १० हजार ६०० बराबर छ । बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206