२० साउन २०८३, बुधबार

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

Logo
Pulse Khabar बुधबार, साउन २०, २०८३

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र लागतअनुसार प्रतिफल पाउने अवस्था बनाउनु प्रदेश सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निर्माण गरेको बीउ प्रशोधन तथा भण्डारण गृहको आज उद्घाटन गर्दै उहाँले कृषि उद्यमशीलता प्रवर्द्धनका लागि प्रदेश सरकारले नीतिगत सुधारसँगै किसान र कृषि उद्यमीलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।मुख्यमन्त्री शाहले सुदूरपश्चिमका अधिकांश नागरिकको जीविकोपार्जनको आधार कृषि भए पनि निर्वाहमुखी खेती प्रणालीका कारण अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले उत्पादनसँगै प्रशोधन, भण्डारण र बजारीकरणको सुदृढ व्यवस्थाबाट मात्रै कृषिलाई सम्मानजनक र आम्दानीमुखी पेसाका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो ।प्रदेश सरकारको लागत साझेदारीमा निर्माण गरिएको बीउ प्रशोधन तथा भण्डारण गृहका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले मेसिन उपकरणमा रु १७ लाख १५ हजार र भवन निर्माण रु २५ लाख अनुदान उपलब्ध भएको छ ।

कुल रु एक करोड ४२ लाखको परियोजनामा अन्य रकम सहकारी संस्थाले आफ्नो स्रोतबाट लगानी गरेको महाप्रबन्धक डम्बरबहादुर शाहले जानकारी दिनुभयो । नवनिर्मित भण्डारण गृह सञ्चालनमा आएपछि स्थानीय किसानले उत्पादन गरेका बीउको प्रशोधन, गुणस्तर संरक्षण र सुरक्षित भण्डारणमा सहजता हुने अपेक्षा गरिएको छ । बीउको गुणस्तर कायम राख्दै बजार व्यवस्थापनमा सहयोग पुग्ने र किसानको आम्दानी वृद्धि गर्नसमेत टेवा पुग्ने विश्वास गरिएको महाप्रबन्धक शाहले बताउनुभयो । भण्डारण गृहमा धान, मकै, तोरीलगायत बालीको बीउ संरक्षण गरी किसानको उत्पादन वृद्धिमा प्रयोग गर्ने लक्ष्य छ । हाल लम्किचुहा, बर्दगोरिया, जानकी, भजनीलगायत यहाँका स्थानीय तहमा १५० जना किसानसँगको समन्वयमा १४० बिघामा धानखेती गरिएको छ । किसानको उत्पादन वृद्धि, मूल्य र बजारको सुनिश्चिततामा योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206