१८ साउन २०८३, सोमबार

‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’

Logo
Pulse Khabar सोमबार, साउन १८, २०८३

काठमाडौँ: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले महिला, बालबालिकामाथि हुने डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिमा आज सामाजिक सञ्जालको अवस्थाबारे भएको छलफलमा मन्त्री वादीले सामाजिक सञ्जालको नियमन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिका र महिला सबैभन्दा बढी डिजिटल हिंसामा पीडित भएका उल्लेख गर्दै साइबर ब्युरोलाई उजुरी प्रणाली सहज र प्रभावकारी बनाउन निर्देशनसमेत दिनुभयो ।समितिका सभापति आकृति अवस्थीले पछिल्लो समय डिजिटल हिंसा बढ्दो अवस्थामा रहेकाले साइबर सुरक्षाको दृष्टिलाई ध्यानमा राख्दै एकीकृत डिजिटल हिंसासम्बन्धी कानुन निर्माण गर्न आग्रह गर्नुभयो । समाजिक सञ्जालको अवस्थाबारे गरिएको छलफल पश्चात सभापति अवस्थीले भन्नुभयो, “डिजिटल हिंसाको अवस्था भयावह हुँदै गएको छ । यस्तो अवस्थामा एउटा एकीकृत कानुन आवश्यक छ ।” उहाँले कानुन मन्त्रालय, महिला मन्त्रालयलगायत सम्बन्धी मन्त्रालयहरुलाई उक्त सुझाव दिनुभएको हो ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले साइबर सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउनुका साथै डिजिटल साक्षरतासमेत बढाउनु पर्ने धारणा राख्नुभयो । बैठकमा साइबर ब्युरोको प्रतिवेदनसमेत पेस गरिएको थियो । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले साइबर सुरक्षाको अवस्था जटिल बन्दै गएको बताउनुभयो । उहाँले साइबर अपराधको उजुरीलाई तत्काल सम्बोधन गर्न प्रर्याप्त स्रोतसाधान, जनशक्तिको व्यवस्था र ब्युरो चुस्त दुरुस्त बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साइबर क्राइम न्यूनीकरण गर्न समय सापेक्षको कानुन निर्माण, प्रहरी संयन्त्र बलियो बनाउनुको साथै नागरिकस्तरको जनचेतना वृद्धि गर्नुपर्छ ।”

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206