१८ साउन २०८३, सोमबार

मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९(उनन्चालिस)उजुरी दर्ता

Logo
Pulse Khabar सोमबार, साउन १८, २०८३

जनकपुरधाम:  राष्ट्रिय मानवअधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आर्थिक वर्ष २०८२÷८३ मा ३९(उनन्चालिस) वटा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी दर्ता भएका छन् ।

नागरिकका आधारभूत अधिकार, महिला तथा बालअधिकार, जातीय भेदभाव, आर्थिक तथा सामाजिक अधिकार र यातनाविरुद्धका विषयमा उल्लेख्य उजुरी प्राप्त भएको आयोगका प्रमुख बुद्धनारायण सहनी केवटले जानकारी दिनुभयो । नागरिक तथा राजनीतिक अधिकार सम्बन्धीको महासन्धिअन्तर्गत १७,घरेलु हिंसा, लैङ्गिक विभेद, शारीरिक तथा मानसिक यातना, सामाजिक बहिष्कार र महिलामाथि हुने हिंसाका सात वटा उजुरी दर्ता भएका छन् । त्यसैगरी बालबालिकामाथि हुने तीन, जातीय विभेद, सामाजिक बहिष्कार तथा समान व्यवहार नपाएकाको दुई, स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्य सुरक्षा, आवास तथा सामाजिक सुरक्षाजस्ता आधारभूत सेवामा पहुँच नपाएका आठ र यातनाविरुद्धको अधिकारसम्बन्धी महासन्धिअन्तर्गत तीनवटा उजुरी दर्ता भएका छन् ।आर्थिक वर्ष २०८२÷८३ मा ११० वटा उजुरीको छानबिन तथा अनुसन्धान सम्पन्न गरी अन्तिम निर्णयका लागि आयोगको केन्द्रीय कार्यालय पठाइएको प्रमुख केवटले जानकारी दिनुभयो ।

आयोगले ३७७ वटा उजुरीको विस्तृत छानबिन तथा अनुसन्धान गरिरहेको छ ।उजुरीमा सम्बन्धित निकायसँग विवरण माग्ने, पीडित तथा सरोकारवालासँग बयान लिने, घटनास्थल निरीक्षण गर्ने तथा आवश्यक समन्वयात्मक प्रक्रिया अघि बढाइएको छ । प्रमुख केवटले आयोगमा धेरैजसो प्रहरीमा जाहेरी दर्ता नभएको, जाहेरी दर्ता भए पनि अनुसन्धान प्रभावकारी नभएको, पीडितले न्याय पाउन कठिनाइ भोगेको, प्रशासनिक निकायबाट समयमै सुनुवाइ नभएको तथा सरकारी सेवामा पहुँचसम्बन्धी समस्या रहेका विषयमा उजुरी आउने गरेको बताउनुभयो ।मधेस प्रदेशमा पछिल्लो समय सामाजिक तनाव, लैङ्गिक हिंसा, जातीय विभेद, प्रशासनिक लापरबाही तथा न्यायमा पहुँचसम्बन्धी समस्याका कारण मानवअधिकारसम्बन्धी गुनासो बढ्दै गएको सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206