१७ साउन २०८३, आइतबार

सुनसरीका चार गाउँपालिकामा पुनः निषेधाज्ञा जारी: सुरक्षा व्यवस्था कडा

Logo
Pulse Khabar आइतबार, साउन १७, २०८३

विराटनगर:जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका चार वटा गाउँपालिका क्षेत्रमा आइतबार साँझदेखि पुनः निषेधाज्ञा जारी गरेको छ ।

शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै प्रशासनले देवानगन्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा निषेधाज्ञा लगाएको हो ।प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचना अनुसार आइतबार (आज) साँझ ७ बजेदेखि सोमबार (भोलि) बिहान १० बजेसम्मका लागि यी चार वटै गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ ।

यद्यपि, सम्भावित सुरक्षा चुनौती र सामाजिक सद्भावलाई थप मजबुत बनाउन सावधानी स्वरूप प्रशासनले निश्चित समयका लागि पुनः निषेधाज्ञा जारी गरेको जनाएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक हिँडडुल गर्न र सभा–जुलुस गर्न पाइने छैन।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206