१७ साउन २०८३, आइतबार

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

Logo
Pulse Khabar आइतबार, साउन १७, २०८३

भद्रपुर (झापा): काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार रु १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ भने डिजेल रु नौ अर्ब ५५ करोड ४९(उनन्चास) लाख सात हजार र एलपिजी रु दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको आयात भएको छ ।आर्थिक वर्ष २०८१÷८२ मा पेट्रोल रु आठ अर्ब ९२(बयान्नब्बे) करोड ८५ लाख २६ हजार र डिजेल रु सात अर्ब तीन करोड ३२ लाख १९(उन्नाइस) हजार बराबरको आयात भएको थियो ।

उक्त कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थ आयात गरी गत आवमा पेट्रोलबाट रु पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट रु दुई अर्ब ९३(त्रियान्नब्बे) करोड २२ लाख ३९(उनन्चालिस) हजार राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206