१५ साउन २०८३, शुक्रबार

कोशीका प्रदेश प्रमुख खापुङसमक्ष मानवअधिकार आयोग विराटनगरको वार्षिक प्रतिवेदन पेस

Logo
Pulse Khabar शुक्रबार, साउन १५, २०८३

विराटनगर: कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दुवाडीले आयोगको विराटनगर कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको छ ।

आज यहाँ आयोजित एक समारोहका बीच आयोगका सदस्य दुवाडीले प्रदेश प्रमुख खापुङलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।सो अवसरमा प्रदेश प्रमुख खापुङले मानव सभ्यतालाई जोगाउन मानवअधिकार सुरक्षित रहनुपर्ने धारणा राख्नुभयो । उहाँले समाज शान्ति, सुरक्षा एवं एकता कायम राख्न एकअर्कालाई माया, प्रेम, सद्भाव र मेलमिलापको भावनाबट हेर्नुपर्ने बताउनुभयो । संविधानमा मानवअधिकार उल्लेख भएअनुसार यसको प्रभावकारी कार्यान्वयमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रमुख खापुङले आयोगले आगामी दिनमा संविधानप्रदत्त अधिकारलाई नागरिक तहसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिँदै मानवअधिकारलाई संरक्षण गर्न सशक्त रूपमा आयोगलाई सफलताको शुभकामना पनि दिनुभयो । सो अवसरमा आयोगका सदस्य दुवाडीले सीमित स्रोत र साधनका बाबजुद पनि आयोगले सशक्त रूपमा कार्यसम्पादन गरिरहेको बताउनुभयो । आयोगका विराटनगर कार्यालयका प्रमुख वीरबहादुर मगरले आयोगका गतिविधि तथा कामका बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206