१५ साउन २०८३, शुक्रबार

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षकको आग्रह

Logo
Pulse Khabar शुक्रबार, साउन १५, २०८३

विराटनगर: सुनसरीको देवानगंज घटनापछि पूर्वी तराईका केही क्षेत्रहरूमा साम्प्रदायिक सद्भावमा खलल पुग्ने र तनाव बढ्ने संकेत देखिएसँगै नेपाल प्रहरीका प्रहरी महानिरीक्षकले भिडियो सन्देशमार्फत विशेष अपील जारी गरेका छन् ।

तराईका विभिन्न जिल्लाहरूमा धार्मिक र साम्प्रदायिक संवेदनशीलता बढ्दै गएपछि महानिरीक्षकले सबै नागरिकलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका हुन् ।आफ्नो सन्देशमा महानिरीक्षकले नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको देश भएको उल्लेख गर्दै धर्म, भाषा, जातजाति र संस्कृतिको भिन्नताका बीच पनि आपसी सम्मान र सद्भाव नै हाम्रो पहिचान र शक्ति भएको बताएका छन् । हाल पूर्वी तराईका केही स्थानहरूमा देखा परेका सद्भाव विरोधी गतिविधिहरूले समाजमा डर र त्रासको वातावरण सिर्जना गरेको भन्दै उनले यसलाई ‘दुःखद’ संज्ञा दिएका छन् ।सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने र कानुनको उल्लंघन गर्ने कार्यले कसैको पनि हित नगर्ने महानिरीक्षकको भनाइ छ ।

यस्ता क्रियाकलापले समाजमा अविश्वास, तनाव र विभाजन मात्र बढाउने भएकाले यस संवेदनशील घडीमा संयमता अपनाउन उनले जोड दिएका छन् ।उनले भनेका छन्, “अफवाह, उत्तेजना र घृणाभन्दा विवेक र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु हाम्रो साझा दायित्व हो ।”महानिरीक्षकले नेपाल प्रहरीको तर्फबाट सबै नागरिकलाई आफ्नो धर्म र संस्कृति फरक भए पनि मुलुक र राष्ट्रिय भावना एउटै भएको स्मरण गराएका छन् । उनले साम्प्रदायिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन र आपसी भाइचारा कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरेका छन् । प्रहरीले स्थितिलाई सामान्य बनाउन र सुरक्षा व्यवस्था चुस्त राख्न आवश्यक कदम चालिरहेको समेत सन्देशमा स्पष्ट पारिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206