१५ साउन २०८३, शुक्रबार

विराटनगरमा धार्मिक सद्भावका लागि बृहत् र्‍याली: शान्ति र एकताको सन्देश

Logo
Pulse Khabar शुक्रबार, साउन १५, २०८३

विराटनगर:सुनसरीको देवानगञ्जमा भएको झडपपछि उत्पन्न तनावलाई कम गर्न र जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न आज विराटनगरमा बृहत् सद्भाव र्‍याली आयोजना गरिँदैछ।

जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वपक्षीय बैठकले दिउँसो ३ बजे महेन्द्र चोकबाट र्‍याली निकाल्ने निर्णय गरेको हो।प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार र्‍याली महेन्द्र चोकबाट सुरु भई ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिको डाँफे चोकमा पुगेर समापन हुनेछ। र्‍यालीमा राजनीतिक दल, नागरिक समाज, विभिन्न धार्मिक समुदाय र आम नागरिकलाई सहभागी हुन आह्वान गरिएको छ।यसैबीच, देवानगञ्ज घटनामा प्रहरीको गोली लागि गम्भीर घाइते भएका रविन्द्र मेहता र अमित कुमार यादवको अवस्था चिन्ताजनक रहेकाले उनीहरूलाई थप उपचारका लागि आजै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी गरिएको छ।

प्रशासनले घाइतेहरूको उपचारका लागि अस्पतालसँग आवश्यक समन्वय भइरहेको जनाएको छ।प्रशासनले सामाजिक सञ्जालमा धार्मिक वा साम्प्रदायिक द्वेष फैलाउने खालका कुनै पनि सामग्री पोस्ट नगर्न कडा निर्देशन दिएको छ। बैठकमा सहभागी सम्पूर्ण राजनीतिक दल र सरोकारवालाहरूले जिल्लामा शान्ति सुरक्षा र सद्भाव कायम राख्न तथा गैरकानुनी क्रियाकलाप गर्नेलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206