१४ साउन २०८३, बिहिबार

विराटनगर आइपुगे गृहमन्त्री, सुनसरीको कप्तानगन्ज प्रस्थान

Logo
Pulse Khabar बिहिबार, साउन १४, २०८३

विराटनगर:गृहमन्त्री सुधन गुरुङ अहिले साँझ विराटनगर आइपुगेका छन् ।

बुद्ध एयरको जहाजमार्फत विराटनगर विमानस्थलमा ओर्लिएका उनी सिधै सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जतर्फ जानेछन् ।गृहमन्त्री आएसँगै मोरङ र सुनसरीको सुरक्षा व्यवस्था कडा पारिएको छ । कप्तानगन्जमा पुगेर उनले गोलीकाण्ड भएको घटनास्थलको स्थलगत अनुगमन गर्ने छन् । गृहमन्त्रीले सुनसरी भ्रमणका क्रममा घटनास्थलको वस्तुस्थिति बुझ्ने, सुरक्षा निकायका अधिकारीसँग छलफल गर्ने तथा पछिल्लो अवस्थाका बारेमा जानकारी लिने बताइन्छ ।

गृहमन्त्री गुरुङले घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई पनि भेट्ने बताइएको छ । गत आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर युवकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बन्दै गएको छ ।मृत्यु हुनेको संख्या बिहीबारसम्म दुई पुगिसकेको छ । उक्त घटनाको विरोधमा उत्रिएका समूहमाथि गोली चलाउँदा सिराहमा पनि बिहीबार एक किशोरको मृत्यु भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206