१४ साउन २०८३, बिहिबार

गोलबजार तनावग्रस्त: प्रदर्शनका क्रममा गोली लागेर १५ वर्षीय गणेश यादवको ज्यान गयो

Logo
Pulse Khabar बिहिबार, साउन १४, २०८३

जनकपुरधाम : सिरहाको गोलबजारमा आज गोली लागेर एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अबरुद्ध गरेर प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राससलाई जानकारी दिनुभयो । “गोली लागेर यादवको मृत्यु भएको जानकारी प्राप्त भएको छ तर कसले चलाएको गोलीबाट मृत्यु भएको हो भने खुल्न सकेको छैन”, प्रजिअ पौडेलले भन्नुभयो, “यसबारे अनुसन्धान भइरहेको छ ।”

जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा आज दिउँसो २:०० बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । घटनापछि प्रदर्शनकारीहरूले ठाउँठाउँमा प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206