१४ साउन २०८३, बिहिबार

मोरङको सुन्दरहरैँचा–१० मुनालझोलाबाट बन्दुक र १.५ किलो गाँजा बरामद

Logo
Pulse Khabar बिहिबार, साउन १४, २०८३

विराटनगर: मोरङको सुन्दरहरैँचाबाट बन्दुक र गाँजासहित बुधबार राति ९ः१०(नौ बजेर दश मिनेट) बजेतिर एक जना पक्राउ परेका छन् ।

सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोलामा लागुऔषध किनबेच भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोली खटिएको थियो । गिरी नेतृत्वको टोलीले सुन्दरहरैँचा–१० का ५६ वर्षीय बलबहादुर राईको घरको भान्साकोठामा खानतलासी गर्ने क्रममा भरुवा बन्दुक र गाँजा फेला पारेको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार भान्साकोठाको माथि लुकाइछिपाइ राखिएको अवस्थामा एउटा भरुवा बन्दुक र घरनजिकै रहको ग्वालीबाट १.५ किलो गाँजा बरामद भएको छ । बन्दुक र गाँजासहित राईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारी लगिएको छ ।उनीविरुद्ध हातहतियार खरखजना र लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206