१३ साउन २०८३, बुधबार

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

Logo
Pulse Khabar बुधबार, साउन १३, २०८३

काठमाडौँ: चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि रु छ अर्ब ५५ करोड २५ लाख ९८(अन्ठान्नब्बे) हजार बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित रु पाँच अर्ब ९९(उनान्सय) करोड २१ लाख र आयोगको आन्तरिक स्रोततर्फ रु ५६ करोड चार लाख ९८(अन्ठान्नब्बे)  हजार बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको आयोगका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिनुभयो । बैठकले गत आव २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको ९९(उनान्सय) करोड ८५ लाख ९६(छयान्नब्बे) हजार २६७ र चालु आवमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित रु ३५ करोड गरी कुल रु एक अर्ब ३४ करोड ८५ लाख ९६(छयान्नब्बे) हजार २६७ मध्ये चालु आवका लागि रु ५६ करोड चार लाख ९८(अन्ठान्नब्बे) हजार खर्च गर्ने निर्णय गरेको छ ।

स्वीकृत बजेटमध्ये आन्तरिक स्रोतबाट चालुतर्फ रु ४७ करोड ४२ लाख ९८(अन्ठान्नब्बे) हजार र पुँजीगततर्फ रु आठ करोड ६२ लाख विनियोजन गरिएको ढकालको भनाइ छ ।बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा डा देवेन्द्रबहादुर खत्री तथा आयोगका सदस्य सचिव एवं सदस्य सचिव एवं सहसचिव वसन्तप्रसाद कोइरालालगायतको सहभागिता थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206