१४ साउन २०८३, बिहिबार

कोशीमा पत्रकारको दक्षता वृद्धिका लागि तालिम केन्द्रित सर्वेक्षण सुरु

Logo
Pulse Khabar बुधबार, साउन १३, २०८३

विराटनगर: कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानले पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्न सर्वेक्षण सुरु गरेको छ ।

कुन स्तरको पत्रकारलाइ कुन प्रकारको तालिम प्रदान गरी दक्षता बढाउन सकिन्छ भनी सर्वेक्षण प्रारम्भ गरिएको प्रतिष्ठानका रजिष्ट्रार लीलाराज भट्टराईले बताउनुभयो । प्रतिष्ठानले सबै पत्रकार तथा सञ्चारकर्मीलाई अनलाइनमार्फत आफ्नो राय तथा सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा तालिम/प्रशिक्षणसहित कार्यालय सञ्चालनका लागि रु तीन करोड बजेट विनियोजन गरेकोछ । सञ्चारसम्बन्धी सबै क्रियाकलाप प्रतिष्ठानमार्फत गराउने योजनाअनुसार प्रदेशले बजेट विनियोजन गरेको रजिष्ट्रार भट्टराइले बताउनुभयो ।

प्रतिष्ठानले आगामी छ महिनाभित्र प्रेस प्रतिनिधि परिचयपत्र वितरण कार्य प्रारम्भ, आमसञ्चार माध्यमको नवीकरण, रोयल्टी भुक्तानीलगायतका सेवा क्रमशः अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।प्रतिष्ठानले रेडियो तथा टेलिभिजन नवीकरणका लागि सूचना जारी गरेपछि हालसम्म ४० वटा सञ्चार संस्थाको नवीकरण भई रु १९(उन्नाइस) लाख ४३ हजार ७२५ राजस्व सङ्कलन भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206