१३ साउन २०८३, बुधबार

ट्रकको ठक्करबाट बालकसहित ३ जनाको घटनास्थलमै मृत्यु

Logo
Pulse Khabar बुधबार, साउन १३, २०८३

कपिलवस्तु: कपिलवस्तुको तौलिहवा–बहादुरगन्ज सडकखण्डअन्तर्गत महाराजगन्ज नगरपालिका–२, गैडहवा चोक नजिकै ट्रकले किच्दा बालकसहित तीन जनाको मृत्यु भएको छ ।

बहादुरगन्जबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको मदिरा लोड गरिएको ट्रकले बुधबार बिहान सवा सात बजेतिर पैदल यात्री र साइकल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिमा रहेको ट्रकको ठक्करबाट महाराजगन्ज नगरपालिकाका तीनै जनाको ज्यान गएको हो ।मृत्यु हुनेहरूमा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगन्ज नगरपालिका–३ का ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । हाल उनीहरूको शव अस्पतालमै राखिएको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेका छन् । स्थिति नियन्त्रणमा लिन र थप तनाव हुन नदिन घटनास्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206