१२ साउन २०८३, मंगलबार

सडक अवरुद्ध हुँदा बजारमा मूल्यवृद्धि, यातायात सञ्चालन गर्न बेली ब्रिज जडानको तयारी

Logo
Pulse Khabar मंगलबार, साउन १२, २०८३

इलाम: केचना–कञ्चनजङ्घा सडकअन्तर्गत पुवा खोलामा जडान गरिने बेली ब्रिजका लागि आवश्यक सामग्री आउन थालेको छ।

अहिलेसम्म तीन गाडी सामान आइसकेको र कुल २० गाडी सामान आउनुपर्ने सडक डिभिजन कार्यालय इलामका इन्जिनियर अर्जुन घिमिरेले बताए।उनका अनुसार भारतमा तयार भई लोड हुने क्रममा रहेका बाँकी सामग्री आउन केही दिन लाग्नेछ। पुलका फरक-फरक सामग्री एउटै गाडीमा मिसिएर आउने भएकाले सबै २० गाडी सामग्री आइपुगेपछि मात्र जडान कार्य सुरु गरिनेछ।यता लामो समयदेखि राजमार्ग अवरुद्ध हुँदा इलामसहित पाँचथर र ताप्लेजुङवासी समस्यामा परेका छन्। वैकल्पिक सिमलगोलाई–तिल्केनी र केचना–कञ्चनजङ्घा दुवै सडक हिलाम्मे हुनुका साथै बीचमा खोलाको डाइभर्सन भरपर्दो नहुँदा मेची पहाडका बासिन्दा मारमा परेका हुन्।

राजमार्ग अवरुद्ध भई दैनिक उपभोग्य वस्तुको ढुवानी सहज नभएपछि इलाम बजारसहित ग्रामीण क्षेत्रमा उपभोग्य सामग्रीको मूल्य बढेको छ। अहिले इलाम बजारमा खाना पकाउने ग्यास प्रतिसिलिन्डर २ हजार ४ सय रुपियाँमा बिक्री भइरहेको छ। यस्तै खाद्यान्न तथा तरकारी लगायतका अन्य वस्तुको समेत मूल्य बढेको विक्रेताहरू बताउँछन्।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206