१२ साउन २०८३, मंगलबार

मनसुन सक्रिय: धान रोपाइँमा व्यस्त बने किसान

Logo
Pulse Khabar मंगलबार, साउन १२, २०८३

भद्रपुर:झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ ।

समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि यस वर्ष रोपाइँले अपेक्षाकृत गति लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार सोमबारसम्म जिल्लाभर करिब ८८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो । उहाँका अनुसार दमक नगरपालिका र कमल गाउँपालिकामा सबैभन्दा बढी ९५(पन्चान्नब्बे) प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने गौरीगञ्ज गाउँपालिकामा सबैभन्दा कम ७५ प्रतिशत रोपाइँ भएको छ ।

जिल्लामा सामान्यतया असारको पहिलो सातादेखि धान रोपाइँ सुरु भई साउनको अन्तिमसम्म जारी रहने गर्छ । असार १५ देखि साउन १५ गतेसम्मको अवधिलाई मुख्य रोपाइँको समय मानिन्छ । यस वर्ष मनसुन समय–समयमा सक्रिय रहँदा किसानले रोपाइँ गर्न सहज वातावरण पाएका छन् । जिल्लामा करिब ७५ हजार ४५९(चार सय उनान्सट्ठी) हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206