११ साउन २०८३, सोमबार

कङ्गोमा इबोला सङ्क्रमणको भयावह रूप: सङ्क्रमितको सङ्ख्या तीन हजार नाघ्यो

Logo
Pulse Khabar सोमबार, साउन ११, २०८३

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोलाको १७औँ प्रकोप तीव्र बन्दै गएको छ ।

अधिकारीहरूका अनुसार सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार ३५४ पुगेको छ । पछिल्लो १० दिनमै थप एक हजार नयाँ सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य निकायको चिन्ता बढेको छ ।गत मे १५ मा घोषणा गरिएको यो प्रकोप इबोला भाइरसको बुन्डिबुग्यो स्ट्रेनका कारण फैलिएको हो । बुन्डिबुग्यो स्ट्रेनका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन । जुलाई १५ मा सङ्क्रमितको सङ्ख्या दुई हजार पुगेको थियो भने अहिले पाँच प्रान्तमा फैलिएको प्रकोपबाट कुल तीन हजार ७५ सङ्क्रमण पुष्टि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।अधिकारीहरूले परीक्षण र सङ्क्रमितको पहिचान प्रणाली सुधारिएकाले थप सङ्क्रमित फेला परेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार दक्षिण सुडान र युगान्डाको सीमासँग जोडिएको उत्तरपूर्वी इटुरी प्रान्तमा करिब ९० प्रतिशत सङ्क्रमित भेटिएका छन् ।दशकौँदेखि हिंसाग्रस्त पूर्वी कङ्गोमा फैलिएको यो महामारी अझै धेरै महिना लम्बिन सक्ने आकलन गरिएको छ ।

यसबीच तलबको माग गर्दै स्वास्थ्यकर्मीहरूले गरेको हडतालका कारण केही अस्पतालमा उपचार तथा नियन्त्रण अभियान प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने इबोलाले रक्तस्रावी ज्वरो गराउने गर्छ । पछिल्लो ५० वर्षमा अफ्रिकाभरि यस रोगका कारण १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।यसैबीच वैज्ञानिकहरूले बुन्डिबुग्यो स्ट्रेनविरुद्ध खोप र औषधि विकासलाई तीव्र बनाएका छन् । अक्सफोर्ड विश्वविद्यालयले पहिलो चरणमा स्वयंसेवकलाई लक्षित प्रयोगात्मक खोप लगाउन सुरु गरिएको जनाएको छ । अन्य सम्भावित खोपहरू पनि क्लिनिकल परीक्षणको चरणमा रहेका छन् भने दुई सम्भावित उपचार विधिको विकाससमेत भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206