११ साउन २०८३, सोमबार

कप्तानगञ्ज गोलीकाण्ड: सत्यतथ्य पत्ता लगाउन राष्ट्रिय मानव अधिकार आयोगद्वारा छानबिन सुरु

Logo
Pulse Khabar सोमबार, साउन ११, २०८३

काठमाडौं :सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले प्रारम्भिक अनुगमन गरिरहेको जानकारी दिए ।आयोगको टोलीले प्रमुख जिल्ला अधिकारी, सुनसरी प्रहरी प्रमुख, अस्पताल प्रशासन र स्थानीयवासीसँग घटनाबारे जानकारी लिइरहेको छ । पोलमा झन्डा राख्ने विषयमा सुरु भएको विवाद डिजे बजाउने क्रममा उत्कर्षमा पुगेको र तोडफोड तथा झडपमा परिणत भएको आयोगले जनाएको छ ।स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै ९ जना घाइते भएको अनुगमनमा पाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरूको न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनापछि प्रदर्शनकारीले टायर बालेर तथा लाठी र रड बोकेर प्रदर्शन गरिरहेको र कप्तानगञ्ज क्षेत्र तनावग्रस्त बनेकाले सुरक्षा स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको जानकारी प्राप्त भएको आयोगले उल्लेख गरेको छ ।आयोगले शान्ति सुरक्षा मजबुत बनाउन, दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचार गर्न सरकारलाई निर्देशन दिएको छ । साथै, वार्ता र संवादमार्फत समस्याको समाधान खोजी सामाजिक सद्भाव कायम राख्न आयोगले राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई आग्रह गरेको छ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206