११ साउन २०८३, सोमबार

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी बरामद

Logo
Pulse Khabar सोमबार, साउन ११, २०८३

भद्रपुर: झापाको अर्जुनधाराबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ल्याउँदै गरेको ३२ बोरा चिनी र ढुवानीमा प्रयोग गरिएका सवारीसाधन आइतबार नियन्त्रणमा लिएको छ ।

अर्जुनधारा नगरपालिका-११ कालीझोेडास्थित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले उक्त अवैध सामग्री बरामद गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापाका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीका अनुसार बरामद गरिएको चिनी रु एक लाख १२ हजार बराबर छ । उहाँका अनुसार प्र१-०१-००१च ४०३८ नम्बरको पिकअप गाडी र मे१०प ५७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएका सवारीसाधन तथा चिनीलाई आवश्यक कारबाहीका लागि आज भन्सार कार्यालय काँकरभिट्टामा दाखिला गरिएको निमित्त गणपति रसाइलीले जानकारी दिनुभयो । साथै, सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारीजन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपालको सक्रियता र निगरानी निरन्तर जारी रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206