१० साउन २०८३, आइतबार

खोटाङमा पहिरोको महात्रास: सिंगो गाउँ जोखिममा

Logo
Pulse Khabar आइतबार, साउन १०, २०८३

खोटाङ:खोटाङको केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरको सिङ्गो गाउँ पहिरोको जोखिममा परेको छ ।

स्थानीय बाछेर्कुमा गएको पहिरोले चिउरीडाँडा, बरबोट, हल्कुडाँडा र डाँडागाउँका २६ घरपरिवार जोखिममा परेका हुन् ।पूर्ववडाध्यक्ष खगेन्द्र राईका अनुसार बर्सेनि जमिन भासिँदै गएकाले अजम्बरी आमा समूहको भवनसहित ती घरपरिवार उच्च जोखिममा परेका हुन् । पहिरोका कारण स्थानीय मनकुमार परियार, खड्ग परियारलगायत विस्थापित भइसकेका छन् ।वर्षायाममा बिस्तारै जमिन भासिने र त्यसले आसपासका अन्य क्षेत्रलाई समेत तान्दै लगेकाले दिनहुँ जोखिम बढ्दै गएको राईले बताए ।पहिरोबाट चिउरीखर्कका जसबहादुर दर्जी, देवबहादुर राई, नवराज राई, रामकाजी राई, नरेश राई, पूर्णबहादुर राई, ईश्वर राई, कृष्णकुमार राई, जुद्धबहादुर राई, शम्भु राई, उमेश राई र मनकुमारी राईको घर प्रभावित भएको छ ।

त्यस्तै, हल्कुडाँडाका परिधन राई, रघुबहादुर, श्रीप्रसाद राई, सहरमणि राई तथा बरबोटका पदमकुमार राई, हरिचन्द्र राई, ढाकमशेर राई, चतुरभक्त राई, गणेशभक्त राई र खगेन्द्र राईको घर पनि जोखिममा परेको छ ।पहिरोको जोखिम बढेपछि गाउँलाई नै गम्भीर असर परेको वडाध्यक्ष हिमालभक्त राईले बताए । गत वर्ष सडक खन्ने क्रममा केही घरमा क्षति पुगेपछि पर्खाल लगाएर बचाइएको भए पनि यो वर्ष पहिरोले स्थानीयलाई थप समस्यामा पारेको उनले जानकारी दिए । यसका साथै हर्लुङ-जालपा-सप्तेश्वर बाक्सिला सडकमा पनि क्षति पुगेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206