१० साउन २०८३, आइतबार

एक रुपैयाँको सिक्कामा अब चुच्चे नक्सा र आकाश भैरवको चित्र राखिने, मन्त्रिपरिषद्बाट डिजाइन स्वीकृत

Logo
Pulse Khabar आइतबार, साउन १०, २०८३

काठमाडौं:सरकारले एक रुपैयाँको नयाँ सिक्काको डिजाइनमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ डिजाइन अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंक पुगिसकेको छ ।यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बाको तस्बिर राखेर तयार पारेको डिजाइन स्वीकृतिका लागि पठाएको थियो । तर, मन्त्रिपरिषद्ले उक्त प्रस्ताव फिर्ता गर्दै परिमार्जित डिजाइन ल्याउन निर्देशन दिएको थियो । त्यसपछि तयार गरिएको नयाँ डिजाइनमा चुच्चे नक्सा र आकाश भैरवको चित्र समावेश गरिएको हो ।नेपाल राष्ट्र बैंक ऐनअनुसार कुनै पनि नोट वा सिक्काको नयाँ डिजाइन स्वीकृत गर्न वा परिवर्तन गर्न मन्त्रिपरिषद्को स्वीकृति आवश्यक पर्ने व्यवस्था छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार नयाँ सिक्कामा नेपालको नक्सा हटाइने छैन । उनका अनुसार अहिलेको डिजाइनमा मुख्य परिवर्तन सिक्काको तौल, आकार र प्रयोग हुने धातुमा गरिएको हो ।

हाल प्रयोग भइरहेको एक रुपैयाँको सिक्का बनाउन त्यसको अंकित मूल्यभन्दा बढी खर्च लाग्ने भएकाले उत्पादन लागत घटाउने उद्देश्यले तौल कम गर्ने र आकारमा परिमार्जन गर्न लागिएको उनले बताए ।साथै, अहिले प्रयोग भइरहेको मिश्रित धातुको सट्टा स्टिल प्रयोग गर्ने तयारी गरिएको छ । यसबाट उत्पादन खर्च घट्नुका साथै वातावरणीय दृष्टिले पनि सकारात्मक प्रभाव पर्ने राष्ट्र बैंकको विश्वास छ । प्रवक्ता पौडेलका अनुसार सिक्कामा रहने ६४ वटा थोप्लाले ६४ योगिनीको प्रतीक जनाउँछन् । सिक्कामा अंकित चित्र तथा प्रतीकहरू सजावटका लागि नभई ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय पहिचान झल्काउने माध्यम पनि भएकाले तिनको विशेष महत्व रहने उनले बताए ।सरकारले समय समयमा सिक्काको डिजाइन परिमार्जन गर्दै आएको छ । यद्यपि, कुन चित्र वा प्रतीक समावेश गर्ने भन्ने विषय सरकारको नीतिगत निर्णयमा निर्भर रहने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206