०८ साउन २०८३, शुक्रबार

मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा मोरङमा दुर्घटना, चालकको मृत्यु

Logo
Pulse Khabar शुक्रबार, साउन ०८, २०८३

विराटनगर: मोरङमा मापसे (मादक पदार्थ सेवन) गरेर चलाएको मोटरसाइकल दुर्घटनामा परेको छ ।

हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका–४ भद्रचोकमा बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति १०ः३५ बजेतिर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक गौरीगन्ज गाउँपालिका–६ आठमोजाका २८ वर्षीय वरुणकुमार राजवंशीको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि रतुवामाई नगर अस्पताल झुर्किया पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको जानकारी न्यौपानेले दिए । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल लगिएको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानबाट मापसे गरेर चलाएका कारण मोटरसाइकल दुर्घटनामा परेको पत्ता लागेको छ ।प्रहरीले मापसे गरेर सवारीसाधन नचलाउन सबैमा आग्रह गरेको छ । मापसे गरेर चलाइएका सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाहीसमेत गरिरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206