२० मंसिर २०८२, शनिबार

युएईमा सकडक दुर्घटनामा परी मोरङकी अनिताको मृत्यु

Logo
Pulse Khabar शुक्रबार, साउन ०४, २०८१

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी एक नेपाली महिलाको मृत्यु भएको छ ।

दुबईको अलुकजमा रहेको सर्भ यु कम्पनीको मजदुर शिविरबाट बिहान कार्यस्थल जान सडक पार गर्ने क्रममा सडकमा हुइकिएको भ्यानले ठक्कर दिँदा सोही कम्पनीमा कार्यरत मोरङकी अनिता पाख्रिनको मृत्यु भएको छ। मोरङ पथरीकी २८ वर्षीय अनिता ३ वर्ष अघि युएई गएकी थिइन् ।

साउन १ गते बिहान ५ बजे काममा जान कम्पनीको मजदुर क्याम्पबाट निस्किएर सडक पार गर्ने क्रममा भ्यानको ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको कम्पनीले जानकारी दिएको छ ।

परिवारमा समस्या भएपछि उनी तीन सन्तानलाई पालनपोषणका लागि बैदेशिक रोजगारीमा पुगेकी हुन् । मृतकको शव अहिले दुबईको स्थानिय अस्पतालमा राखिएको र कानुनी प्रकृया पुरा गरेर शव नेपाल पठाउने कम्पनीले जनाएको छ ।

दुर्घटनामा परी नेपाली महिलाको ज्यान गएको बारे नेपाली दुतावासलाई अनौपचारिक जानकारी प्राप्त भएको दुतावासका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले जानकारी दिए ।

मृतक अनिताको शव नेपाल पठाउने सम्बन्धमा कम्पनीसँग समन्वय गरेर कानुनी प्रकृया पुरा गरी शव नेपाल पठाउने अबुधावीमा रहेको नेपाली दुतावासले जनाएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206