०६ साउन २०८३, बुधबार

बिर्तामोडमा सडक मिचेका संरचना हटाउन अन्तिम १५ दिने अल्टिमेटम, नहटाए नगरपालिका आफैंले भत्काउने

Logo
Pulse Khabar बुधबार, साउन ०६, २०८३

भद्रपुर (झापा): यहाँको बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकार मिचेर बनाइएका अनधिकृत संरचना हटाउन १५ दिने अन्तिम म्यादसहित पुनः ताकेता गरेको छ ।

नगरपालिकाले सोमबार दोस्रोपटक सार्वजनिक सूचना जारी गर्दै बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सिमाना पर्ने महानन्द चोकदेखि मुक्तिचोक हुँदै देवनियासम्मको सडक क्षेत्रभित्र पर्ने भौतिक संरचना १५ दिनभित्र आफैँ हटाउन अनुरोध गरेको हो ।सडक विभागको समन्वयमा नापजाँच र रेखाङ्कन कार्य सम्पन्न भइसकेको उक्त सडकको केन्द्र भागबाट दुवैतर्फ १५–१५ मिटर (कुल ३० मिटर) क्षेत्राधिकार तोकिएको छ । यसअघि नगरपालिकाले गत जेठ २७ गते पहिलोपटक ३५ दिने सूचना जारी गरेको थियो । तर, तोकिएको अवधि बितिसक्दा पनि केही घरधनी तथा व्यवसायीहरूले संरचना नहटाएपछि पुनः दोस्रोपटक सूचना जारी गर्नुपरेको नगर प्रशासकीय अधिकृत सागर मिश्रद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

नगरपालिकाले तोकिएको १५ दिनको थप अवधिभित्र संरचना स्वतःस्फूर्त रूपमा नहटाएमा प्रचलित कानुनबमोजिम नगरपालिका आफैँले भत्काउने चेतावनी दिएको छ । यसरी संरचना भत्काउँदा लाग्ने सम्पूर्ण खर्च रकमसमेत सम्बन्धित घर वा जग्गाधनीबाटै असुलउपर गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206