०७ साउन २०८३, बिहिबार

झापाका २०० विद्यार्थीलाई विपद् व्यवस्थापन र सर्पदंश रोकथामसम्बन्धी प्रशिक्षण

Logo
Pulse Khabar मंगलबार, साउन ०५, २०८३

भद्रपुर : झापाका विभिन्न विद्यालय तथा क्याम्पसका २०० विद्यार्थीलाई लक्षित गर्दै विपद् व्यवस्थापन तथा सर्पदंश रोकथामसम्बन्धी प्रदर्शन एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरराष्ट्रिय झापाली समाजको सहयोग तथा एनसिसी अलुम्नी एसोसिएसन झापाको समन्वयमा चारआलीस्थित अरिदमन गण ब्यारेकमा कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा नेपाली सेना तथा एनसिसी अलुम्नी एसोसिएसनका प्रतिनिधिहरूले विपद् व्यवस्थापन र सर्पदंश रोकथामका विषयमा सैद्धान्तिक जानकारीसँगै व्यावहारिक प्रदर्शन गरेका थिए । विपद्को समयमा अपनाउनुपर्ने सुरक्षा सावधानी, उद्धारका आधारभूत उपाय तथा सर्पले टोकेको अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचारबारे विद्यार्थीहरूलाई विस्तृत रूपमा प्रशिक्षण दिइएको थियो ।चारआलीस्थित अरिदमन गणका प्रमुख सेनानी सरोज थापा र अन्तरराष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाईँका उपस्तिथिमा भएको कार्यक्रमबारे एनसिसी अलुम्नी एसोसिएसन झापाकी जिल्ला निर्देशक रेजिना बनले जानकारी दिँदै युवा पुस्तामा विपद् सामना गर्ने क्षमता विकास गर्नुका साथै जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख सेनानी सरोज थापाले नेपालमा प्राकृतिक विपद् तथा सर्पदंशका घटनाहरू बढ्दो क्रममा रहेकाले समयमै सचेतना र व्यावहारिक सीप प्रदान गर्ने यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले कार्यक्रम सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने अन्तरराष्ट्रिय झापाली समाज, एनसिसी अलुम्नी एसोसिएसन झापा तथा सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो ।आयोजकका अनुसार विद्यार्थीहरूलाई विपद्का बेला सही निर्णय लिन, जोखिम न्यूनीकरण गर्न तथा सर्पदंशजस्ता आकस्मिक घटनामा तत्काल उचित प्राथमिक उपचार गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206