१८ साउन २०८२, आइतबार

ढुंगाले किचेर सुतेकै ठाउँमा एकै परिवारका दुई जनाको मृत्यु

Logo
Pulse Khabar मंगलबार, साउन ०१, २०८१

संखुवासभा । संखुवासभाको सिलिचोङगाँउपालिका १ स्थित सिसुवाको दिलुवा दोभानमा माथीबाट झरेको ढुङाले लागीएकै परिवारका दुई जनाको घटना स्थलमै मृत्यू भएको छ । एक जना भम्भीर घाइते भएका छन ।

ढुंगाले लागेर ४९ वर्षीया मोतिमाया राई र बुहारी २५ वर्षीया समिक्षा राईको मृत्यु भएको हो । यस्तै ३२ वर्षीया छोरी रविना राई गम्भीर घाइते भएकी सिलिचोङ गाँउपालिका अध्यक्ष भुपालराज मेवाहाङले बताउनुभयो ।

माथिबाट झरेको विशाल ढुङाले किचेर गम्भीर घाइते रविनालाई मंगलबार दिउँसो थप उपचारको लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । उनको दाहिने खुट्टा ढुङाले किचेर चुडिएको स्थानीयले जानकारी दिए ।

अध्यक्ष मेवाहाङका अनुसार उनिहरु घरमा सुतिरहेको अवस्थामा सोमबारराति माथीबाट झरेको ढुङाले किचेको हो । घरमा सुतिरहेका ४ वर्षिय नाबालक सहित ३ जना भने सकुसल रहेका छन् ।  ढुङाले घरमा समेत क्षति पुगेको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206