०५ साउन २०८३, मंगलबार

भरतपुर आँखा अस्पतालबाट एक वर्षमा ३ लाख ८१ हजार जनाले लिए सेवा

Logo
Pulse Khabar मंगलबार, साउन ०५, २०८३

चितवन:  नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल र मातहतका अस्पताल तथा केन्द्रबाट गत आर्थिक वर्ष २०८२÷०८३ मा तीन लाख ८१ हजार २६ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार त्यसअवधिमा भरतपुर आँखा अस्पतालबाट एक लाख ७९(उनासी)  हजार २६, उकालोको सिटि क्लिनिकबाट १९(उन्नाइस)  हजार ५३८ तथा अन्य सबै खालका शिविरबाट ४२ हजार २७० जनाले आँखा परीक्षणसहित विभिन्न सेवा लिएका हुन् ।त्यस्तै, विद्यालयमा सञ्चालित शिविरबाट ४६ हजार ८५ जना विद्यार्थी लाभान्वित भए । यस्तै दुईवटा सेकेण्डरी आँखा अस्पतालमा २७ हजार ३५७ जना, दुईवटा सर्जिकल आई केयर सेन्टरमा नौ हजार ४६४ र १९ वटा आँखा उपचार केन्द्रबाट ५७ हजार २८६ जनाले सेवा लिएका छन् । त्यो अघिल्लो आवको तुलनामा १६ प्रतिशत बढी हो ।अघिल्लो आवको तुलनामा विद्यालयको शिविरमा ६० प्रतिशतभन्दा बढीको आँखा परीक्षण गरिएको छ । घिमिरेका अनुसार अघिल्लो आवमा २८ हजार ७६४ जना विद्यार्थीको मात्र आँखा परीक्षण गरिएको थियो । सेकेण्डेरी आँखा अस्पतालबाहेक सबैमा अघिल्लो वर्षको तुलनामा धेरै बिरामीलाई सेवा दिइको छ ।

गत आवमा ११ हजार ६३९(छ सय उनालीस) जनाको आँखाको शल्यक्रिया गरिएको छ । अघिल्लो आवमा ११ हजार ३२३ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । नेपाल नेत्रज्योति सङ्घ चितवनका सभापति जयराम श्रेष्ठ आँखा उपचारमा भरतपुर आँखा अस्पतालले दिएको विशिष्टिकृत सेवाका कारण बिरामीको आकर्षण वढेको बताउनुहुन्छ । गुणस्तरीय सेवा दिनेमा अस्पताल टिम लागि परेको उहाँको भनाइ छ । भरतपुर आँखा अस्पताल मातहत कावासोती र पर्साको ठोरीमा सेकेण्डेरी अस्पताल, चोरमाराको मध्यविन्दु र सर्लाहीको ईश्वरपुरमा सर्जिकल सेन्टर सञ्चालनमा छ । भरतपुरको ओरालोमा सिटी क्लिनिक छ भने १९(उन्नाइस) वटा आँखा उपचार केन्द्र विभिन्न जिल्लामा सञ्चालित छन् । सङ्घले सर्लाहीको हरिपुर र धादिङको नेत्रावतीमा उपचार केन्द्र सुरु गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206