०५ साउन २०८३, मंगलबार

मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने

Logo
Pulse Khabar सोमबार, साउन ०४, २०८३

काठमाडौँ: मुख्यसचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा आज बसेको सचिवस्तरीय बैठकले मनसुनजन्य विपद् व्यवस्थापनको तयारी अवस्थामा रहने निर्णय गरेको छ ।

मनसुनजन्य विपद् वा महामारी जस्ता सङ्कटको प्रभावकारी व्यवस्थापन गर्न सबै सरकारी निकाय तथा सुरक्षा संयन्त्र तयारी अवस्थामा रहने बैठकले निर्णय गरेको हो ।“विपद्को समयमा जनशक्ति, बजेट, राहत सामग्री र प्राविधिक सहयोगको परिचालन तहगत इकाइहरूबीच समन्वयात्मक रूपमा गरिने छ”, निर्णयमा भनिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि देशका विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरो र डुबानको जोखिम हुनसक्ने भएको सोको न्यूनीकरण गर्न विपद् प्रतिकार्य तथा पूर्वतयारीलाई तीव्र बनाइएको जनाएको छ ।

मनसुनको अवधिमा देशको विभिन्न स्थानमा वर्षा भइरहँदा सम्भावित बाढीपहिरो, डुबानलगायत मनसुनजन्य विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन प्राधिकरणले समन्वयलाई थप तीव्र बनाएको जानकारी दिएको छ । प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले पनि मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि सम्बन्धित सबै सरोकार भएका निकायबीच समन्वयलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206