०१ माघ २०८२, बिहिबार

बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक जना बेपत्ता

Logo
Pulse Khabar मंगलबार, साउन ०१, २०८१

रुकुमपश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भीमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् ।

गएराति गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठबिसकोट नगरपालिका वडा नम्बर १२ का आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले बताउनुभयो।

४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता छन् भने ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना कामी घाइते भएका छन् । उनीहरुलाई राति नै उद्धार गरी नगर अस्पताल पठाइएको थियो ।

रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार यो विवरण घटनास्थलमै रहेको प्रहरी टोलीले टिपाएको अद्यावधिक हो । घटनास्थलमा इलाका प्रहरी पोष्ट आठबिसकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोली तत्कालै खटिएको थियो ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206