०५ साउन २०८३, मंगलबार

अमेरिका र इरानबीचको बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र वृद्धि

Logo
Pulse Khabar सोमबार, साउन ०४, २०८३

संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ ।

यसैबीच, मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ ।गत सातादेखि अमेरिका र इरानबीचको सैन्य टकराव चर्किएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलसन्धिमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढाएको हो ।अन्तरराष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेल र अमेरिकी मापदण्ड वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) दुवैको मूल्य गत साताको अन्त्यमा चार प्रतिशतभन्दा बढीले बढेको थियो । सोमबार ब्रेन्टको मूल्य प्रतिब्यारेल ९१ अमेरिकी डलर नाघ्दै जुन ११ यताकै उच्च विन्दुमा पुगेको छ ।यो वृद्धि अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा थप हवाई आक्रमण गरेपछि तथा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमण गरेपछि भएको हो । बजारमा बढ्दो भू–राजनीतिक तनावसँगै लगानीकर्ताहरू आर्थिक दृष्टिकोणबारे अन्योलमा छन् । उच्च तेल मूल्यले मुद्रास्फीति फेरि बढ्न सक्ने र केन्द्रीय बैङ्कहरूको ब्याजदर कटौतीको योजनामा असर पर्न सक्ने चिन्ता बढाएको छ ।एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफन इनेसले भन्नुभयो, “बजारले एकैपटक दुई विपरीत अवस्थाको सामना गरिरहेको छ ।

एकातिर भू–राजनीतिक जोखिमले तेलको मूल्य बढाइरहेको छ भने अर्कोतर्फ अमेरिकी मुद्रास्फीति घट्दै गएको र श्रम बजार नरम बन्दै गएकाले व्यापक मुद्रास्फीतिको नयाँ चक्र सुरु हुने सम्भावना कम देखिन्छ ।”उहाँका अनुसार तेलको मूल्य लामो समयसम्म उच्च रहेमा त्यसले घरायसी खर्च घटाउन र आर्थिक वृद्धिमा दबाब सिर्जना गर्न सक्छ ।एसियाली शेयर बजारमा सोमबार मिश्रित कारोबार भयो । चीनले अर्थतन्त्रलाई थप प्रोत्साहन दिन नयाँ उपाय सार्वजनिक गर्ने अपेक्षाले हङकङ र साङ्घाईका बजारमा उल्लेखनीय वृद्धि भएको छ । हङकङको सूचकाङ्क दुई प्रतिशतभन्दा बढी र साङ्घाईको सूचकाङ्क एक दशमलव ३२ प्रतिशतले उकालो लागेको छ । ताइपेई, मनिला र सिङ्गापुरका बजार पनि बढेका छन् ।यता सियोल, सिड्नी र वेलिङ्टनका बजारमा भने सावधानीपूर्ण कारोबार देखिएको छ । गत शुक्रबार वाल स्ट्रिटका तीनवटै प्रमुख सूचकाङ्क गिरावटमा बन्द भएपछि लगानीकर्ताहरू अझ सतर्क बनेका छन् । यसैबीच, भू–राजनीतिक तनावका बाबजुद अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य शून्य दशमलव ४० प्रतिशतले घटेको छ भने चाँदीको मूल्य एक प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206