मनसुनको वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोबाट भारतमा आइतबार कम्तीमा १९(उन्नाइस) जनाको मृत्यु भएको छ ।
प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको अधिकारी र स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।बाढी र पहिरोबाट म्यान्माको छिमेकी उत्तर–पूर्वी राज्य नागाल्यान्डमा आठ जनाको मृत्यु भएको छ भने भारत नियन्त्रित जम्मु–कश्मीरमा ११ जनाको मृत्यु भएको छ ।नागाल्यान्डको मोन जिल्लाका जिल्ला प्रशासक वेन्येइ कोन्याकले एएफपीसँग भन्नुभयो, “हामीले आठ मध्ये चार जनाको शव निकालिसकेका छौँ र उद्धार कार्य जारी छ।”उहाँका अनुसार बाढी र पहिरोका कारण कम्तीमा १५ जना घाइते भएका छन् ।जम्मु–कश्मीरका मुख्यमन्त्री ओमार अब्दुल्लाले जम्मु क्षेत्रको राजौरीमा भएको ठूलो आकस्मिक बाढीप्रति ‘गम्भीर दुःख’ व्यक्त गर्नुभएको छ । उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो बाढीले सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पु¥याएको छ, बस रोक्ने स्थानहरूसमेत प्रभावित भएको छन् र धेरैको जीवन अस्तव्यस्त भएको छ ।”भारतीय प्रशारक एनडीटीभीका अनुसार जम्मुमा कम्तीमा ११ जनाको मृत्यु भएको छ र ‘केही बेपत्ता’ भएका छन् ।
सेनाका जवान र राज्यका आपतकालीन टोलीले जम्मुको राजौरी जिल्लाबाट पाँच बालबालिकासहित ११ जनाको उद्धार गरेका छन् ।भारत मौसम विभागले जम्मु–कश्मीरमा अर्को दुई दिन ‘अत्यधिक भारी वर्षा’ हुने चेतावनी आइतबार दिएको छ।अधिकारीहरूले कश्मीर क्षेत्रमा वार्षिक हिन्दू अमरनाथ यात्रा ‘अस्थायी रूपमा स्थगित’ गरेको घोषणा गरेका छन् ।स्थानीय सरकारले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सबै तीर्थयात्रीहरूको सुरक्षा र कल्याणको लागि यात्रा स्थगित गरिएको छ । “मौसम सुधार भएर बाटो सुरक्षित भएको घोषणा नभएसम्म यात्रा पुनः सुरु हुने छैन,” विज्ञप्तिमा भनिएको छ ।गत वर्ष यो क्षेत्रमा एक महिनासम्म चलेको अमरनाथ यात्रामा तार लाखभन्दा बढी हिन्दू तीर्थयात्री सहभागी भएका थिए ।अधिकारीहरूले जम्मुमा रहेको वैष्णो देवी मन्दिरको हिन्दू यात्रासमेत स्थगित गरेका छन्, जसमा प्रत्येक वर्ष लाखौँ श्रद्धालु आउँछन् ।भारतमा मनसुनको समयमा बाढी र सम्बन्धित दुर्घटना हरेक वर्ष हुने गर्छन् । भारतमा धेरै भागमा पानीको अभाव र खडेरी जस्तो अवस्थाको लामो गर्मीपछि मनसुन आउँछ ।
