०३ साउन २०८३, आइतबार

सर्लाहीमा अनौठो हर्कत: आफ्नो प्रेमिकालाई बोलाइदिन माग गर्दै ८० मिटर टावर चढेका युवकको सफल उद्धार

Logo
Pulse Khabar आइतबार, साउन ०३, २०८३

सर्लाही:सर्लाहीको सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेर प्रेमिकालाई बोलाइदिन माग गर्ने एक युवकको करिब सवा तीन घण्टाको प्रयासपछि सकुशल उद्धार गरिएको छ ।

गोडैता नगरपालिका–९(नौ)  बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहानै टेलिकमको टावरमा चढेका थिए । उनले टावरमा पुगेपछि आफ्ना साथीमार्फत आफू माथि चढेको जानकारी गराएका थिए, जसलगत्तै प्रहरीलाई खबर गरिएको थियो ।सर्लाहीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेलका अनुसार बिहान ५ः३० बजे घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन गरी उद्धार कार्य सुरु गरिएको थियो । हुसेन मानसिक तनावमा रहेको र टावरबाटै उनले आफ्नो प्रेमिकालाई बोलाइदिन माग गरिरहेका थिए ।सुरक्षाकर्मी र परिवारका सदस्यहरूले उनलाई निरन्तर सम्झाइ–बुझाइ गरेपछि उनी बिहान करिब ८ : ५० बजे सकुशल टावरबाट तल झर्न सफल भएका हुन् ।

उद्धारपछि हुसेनलाई आवश्यक मनोचिकित्सकीय परामर्श र उपचारका लागि स्वास्थ्य संस्था पठाइएको एसपी पौडेलले जानकारी दिए ।युवक टावर चढेको खबर फैलिएपछि नेपाल टेलिकम कार्यालय परिसरमा स्थानीयवासीको ठूलो भीड लागेको थियो । सुरक्षाकर्मीको संयमता र परिवारको सहयोगले कुनै अप्रिय घटना हुन नदिई युवकको सकुशल उद्धार सम्भव भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206