विराटनगर : विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२–०८३ मा राजश्व संकलनको लक्ष्य पूरा गर्न नसके पनि अघिल्लो वर्षको तुलनामा असुली दरमा भने सुधार गरेको छ ।
असुली दर बढाएको भन्सारको राजस्व संकलन भने लक्ष्यभन्दा कम संकलन भएको छ ।कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार गत आर्थिक वर्षका लागि ४१ अर्ब ३४ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य थियो । तर, वर्षभरिमा ३५ अर्ब ३६ करोड रुपैयाँ मात्र राजश्व संकलन भएको छ । यो लक्ष्यको ८५ दशमलव ५२ प्रतिशत हो ।अघिल्लो आर्थिक वर्ष २०८१–०८२ मा विराटनगर भन्सारले लक्ष्यको ८० दशमलव ५१ प्रतिशत मात्र राजश्व संकलन गरेको थियो । त्यसको तुलनामा यस वर्ष असुली दर ५ दशमलव ०१ प्रतिशतले बढेको श्रेष्ठले बताए ।
यद्यपि, लक्ष्यको तुलनामा करिब ६ अर्ब रुपैयाँ बराबर राजश्व संकलन हुन नसक्दा निर्धारित लक्ष्य हासिल गर्न भने कार्यालय असफल भएको छ । भन्सार प्रशासनले असुली दरमा सुधार ल्याए पनि राजश्व लक्ष्य पूरा गर्न आयात–निर्यात कारोबारको विस्तार, व्यापारिक गतिविधिमा वृद्धि तथा भन्सार प्रशासनको कार्यक्षमता अझ प्रभावकारी बनाउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।
