०३ साउन २०८३, आइतबार

जोर्डन आक्रमणपछि अमेरिका–इरान तनाव उत्कर्षमा: मध्यपूर्वमा युद्धको खतरा बढ्यो

Logo
Pulse Khabar आइतबार, साउन ०३, २०८३

जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको प्रत्युत्तरस्वरूप अमेरिकाले आइतबार इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ ।

होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वकाबीच यस घटनाले अमेरिका–इरान तनावलाई थप चर्काएको हो ।मध्यपूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतिकारात्मक कारबाही गरेको हो । युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ ।अमेरिकाले इरानभित्रका पुल, विद्युत् पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत् तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको जनाएको छ । इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्सले सुरक्षा सतर्कता बढाएको छ ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार आक्रमणमा इरानको तटीय निगरानी तथा हवाई प्रतिरक्षा प्रणाली, समुद्री सैन्य क्षमता तथा क्षेप्यास्त्र र ड्रोन भण्डारणस्थललाई निशाना बनाइएको थियो । विज्ञप्तिअनुसार यस अभियानमा पहिलो पटक ‘रिभोलुसनरी गाड’का संरचनालाई प्रत्यक्ष रूपमा लक्षित गरिएको हो ।

अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियोमा लडाकु विमान तथा समुद्रबाट प्रहार गरिएका ‘टोमाहक क्रुज मिसाइल’ प्रयोग गरिएको देखिएको छ । एउटा लक्ष्य पहाडी क्षेत्रमा रहेको सैन्य आधार भएको जनाइएको छ । रिभोलुसनरी गार्डले आफ्ना क्षेप्यास्त्र तथा अन्य सैन्य सामग्री प्रायः पहाडी सुरुङ र आधारमा राख्ने गरेको बताइन्छ ।इरानले अमेरिकी आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छैन । होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्व आठौँ दिनमा प्रवेश गरेको छ । विश्वव्यापी तेल तथा प्राकृतिक ग्यासको करिब पाँचौँ भाग यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यस क्षेत्रको सुरक्षा विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ ।अमेरिकी सेनाका अनुसार जोर्डनस्थित सैन्य अड्डामा इरानको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको, एक जना बेपत्ता भएका तथा चार जना घाइते भएका छन् ।युद्ध सुरु भएयता १६ अमेरिकी सैनिकको मृत्यु भएको र ४३० भन्दा बढी घाइते भएको अमेरिकी पक्षले जनाएको छ । इरानी अधिकारीका अनुसार अमेरिकाको पछिल्लो आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206